रुपन्देहीमा इभी गाडी दुर्घटना हुदाँ ३ जनाको मृत्यु, ४ जना घाइते

बुधबार, १२ कार्तिक २०८२

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ५ फायर लाइन स्थित भित्री सडक खण्डमा इभि गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  

गयराति साढे १० बजे फायरलाईनबाट रुद्रपुरआउ्ँदै गरेको बागमती प्रदेश ०१००६ ख ७७८२ नं. को इभि गाडी आफै अनियन्त्रीत भई सडक छेउमा रहेको बाँझको रुखमा ठोक्किँदा सो दुर्घटना भएको हो । 

दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाका अनुसार मृत्यु हनेमा  सैनामैना ८  बासगढीका खुम बहादुर आचार्य, सोही ठाउँकै ४३ वर्षीय  जितेन्द्र थापा र  ४२ वर्षीय खेम बहादुर वि.क. रहेका छन् । 

यस्तै दुर्घटनमा परी रुपन्देही सैनामैना ८  बासगढी  का ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र रुपन्देही कन्चन गाउँपालिका ५ पिपलछापाका ३९ वर्षीय अशोक थापा घाइते भएको सूचना अधिकारी सापकोटाले बताए ।

घाइते सबैको बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार