काठमाडौँ।bसरकारले पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएकाे हाे।
सरकारले उनलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मीको रुपमा उपलब्ध गराउँदै आएको थियो ।
पूर्वप्रधानमन्त्री नेपाल भ्रष्टाचार अभियुक्त भएका कारणले सुविधा कटौती गरिएको स्रोतले जनाएकाे छ।
प्रतिक्रिया