सहारा नेपाल साकोसको प्रायोजनमा बिर्ता लेडी जेसिजले आयोजना गरेको प्रतियोगिताको ग्राण्ड फिनालेमा ११ जना विद्यार्थी छनौट भएका थिए ।
संगीत साधना केन्द्र सुरुङ्गाकी प्रशिक्षक तुलसा पाठक र सनलाइट म्युजिकका प्रबन्धक जोनी तामाङ प्रतियोगिताको निर्णायक रहेका थिए ।
बिर्ता लेडी जेसिजकी अध्यक्ष संगिता गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरी थिए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, सञ्चारिका समूह झापाकी अध्यक्ष लिला अनमोल, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, इप्रका बिर्तामोडका प्रमुख डीएसपी सुरज काकीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा दिया दाहाल एभरेष्ट स्मार्ट स्कुल, सुरज ओली शनिश्चरे मावि, सबिना तामाङ हरिकुल नमुना मावि, दिया शर्मा कनकाई मावि, दिवाकर बराइली भानु मावि, प्रसुन गुरागाई बुद्ध स्मृति स्कुल, सुदिक्षा कार्की वाल्मीकि प्रोभिडेन्स स्कुल, पलक्स्मी रेग्मी ग्रीनफिल्ड स्मार्ट स्कुलबाट प्रतियोगीको रुपमा सहभागि थिए ।
सहारा नेपालको मुख्य कार्यालय बिर्तामोड–२ चारपानेमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई बिर्ता लेडी जेसिजकी कानुनी सल्लाहकार युनिता दवाडीले स्वागत गरेकी थिइन् भने बर्ष २०२३ कि महासचिव निशा शाक्यले संचालन गरेकी थिइन ।
प्रतिक्रिया