डिपो कपको उद्घाटन  खेलमा तरहराको हिमशिखर स्कुल विजयी

शुक्रबार, १५ मंसिर २०८०
धरान / सुनसरीको धरानमा डिपो स्कुलको आयोजनामा  आजबाट सुरु भएको १८ औ ललित अम्बर डिपो कपको उद्घाटन खेलमा हिमशिखर स्कुल तरहरा विजयी भएको छ ।
अत्यन्तै  प्रतिस्पर्धात्मक खेलमा  हिमशिखरले आयोजक डिपो स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो । खेलमा पहिलो हाफको १८ औ मिनटमा हिमशिखरका मन्जिल श्रेष्ठले निर्णायक गोल गर्दै टिमलाई विजयी बनाएका थिए ।
 खेलको म्यान अफ द म्याच डिपो स्कुलका स्पन्दन राई घोषित भए । प्रतियोगिताका विजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ७ हजार १ सय ११ र तेस्रो हुनेले ५ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  १८ औ संस्करणमा धरानका १२ र धरान बाहिरका ४ विद्यालयले सहभागिता जनाएको छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार