काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरखाका चन्द्र बहादुर घले १४ किलो सुनसहित पक्राउ परेका छन् ।
बिहीबार राति फ्लाइ दुबईको फ्लाइटबाट आएका उनी त्रिभुवन विमानसथलबाट पक्राउ परेका हुन् । उनलाई भन्सारको टोलीले पक्राउ गरेको हो । उनको साथबाट २ केजीका दरले ७ वटा विस्कुट बरामद भएको थियो ।
चन्द्र डेढ हप्ता अघि मात्र दुबई गएका थिए । एक वर्षमा ३ पटक दुबई गएको प्रहरी स्रोतले बताएको छ ।
विशेष सूचनाको आधारमा चन्द्रलाई सुनसहित पक्राउ गरेपछि थप अनुसन्धानका क्रममा उनले मिन बहादुर घलेका लागि सुन ल्याइदिएको बताएपछि मिन बहादुरलाई प्रहरीले धुम्बराहीबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया