शनिवार जानकी मन्दिरमा बसेको सर्वपक्षिय बैठकमा उत्तराधिकारी महन्थ रोशनले जनकपुरधामबाट ४ तारिखमा जनकपुरधामबाट प्रस्थान गरिने छ । बैठकमा उनले जनकपुरधामबासीहरुलाई विभिन्न प्रकारका पकवान वा फलपूmल तथा अन्य सामग्री सहयोग गर्नकालागि आग्रह गरे । उनले भने–‘जानकी जी सम्पूर्ण मिथिलाबासीको छोरी रहेका कारण सम्पूर्ण मिथिलाबासीको दायित्व अन्तर्गत पर्ने भएकाले कसैले भोलीको दिनमा यो नभनोस कि मैले मौका पाएन त्यस कारण भारकालागि सवैलाई आग्रह गरिएको छ ।’बैठकमा उत्तराधिकारी महन्थ रोशनले त्रेता युग पछि पहिलो पटक अयोध्या भार जान लागेका कारण यस कार्यक्रमलाई सम्भ र भव्य बनाउन सम्पूर्ण नगरबासी संग आग्रह गरे । उनले ४ तारिखको यहाँबाट निष्कने कार्यक्रम रहेको हुनाले ३ तारिखको जे जति समान हुन्छ जानकी मन्दिरमा मात्र पुर्याउन आग्रह समेत गरे । उनले जनकपुरधामबाट जलेश्वर नाथबाट हुलाकी सडक हुँदै मलंगवा (बलारा) बाट सिम्रौनगढ हुँदै गढीमाइ हुँदै वीरगञ्जमा रात्री विश्राम गर्ने योजना रहेको बताए ।
भोली पल्ट ८ बजे यात्रा प्रारम्भ हुने र वीरगञ्जको जानकी नगर गेट हुँदै बेतिया कुशी नगर सिद्धार्थ नगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्री विश्राम गर्ने कार्यक्रम रहेको उत्तराधिकारी महन्थ रोशनले जानकारी दिए ।अध्योध्या पुगेको भोली पल्ट ६ तारिखको ९ बजे विधिवत राम जन्मभूमि राममन्दिर ट्रष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया