एनसीसीले होराइजन क्रिकेट क्लबलाई दियो १ लाख ८० हजार बराबरको क्रिकेट सामग्री

बुधबार, २५ पुस २०८०
विराटनगर । नेप्लीज क्यानेडियन क्रिकेट क्लब (एनसीसी) ले विराटनगरको  होराइजन क्रिकेट क्लब  लाई १ लाख ८० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गरेको छ ।
नेप्लीज क्यानेडियन क्रिकेट क्लबका संस्थापक अध्यक्ष इमरान अस्गरको पहलमा होइराइजन क्रिकेट क्लबलाई खेल सामग्री प्रदान गरिएको थियो।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा आयोजित  कार्यक्रममा नेप्लीज क्यानेडियन क्रिकेट क्लबका संस्थापक अध्यक्ष इमरान अस्गरले होराइजन क्रिकेट क्लबका अध्यक्ष सुनिलकुमार पौडेललाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै महानगर प्रमुख कोइरालाले राष्ट्रिय गौरवको आयोजनामा समावेश विराटनगर–१९ वैजनाथपुरमा सुविधा सम्पन्न रङ्गशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने बताए ।
"नेपाली क्रिकेटले अहिले प्रगतिको खुड्किलोमा चढेको देख्दा खुसी लाग्छ तर नेपाली क्रिकेटलाई अझै प्रगतिको बाटोमा दीर्घकालीन सोचमा अगाडि बढ्ने हो भने हामीले जिल्ला र प्रदेशको क्लबहरू पनि राम्रो हुँदै जान पर्छ हामी नेप्लीज क्यानेडियन क्रिकेट क्लबले सहयोग गर्न पाउँदा खुसी भएको "इमरान अस्गरले बताए।
सो कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विश्वनाथप्रसाद भगत, वडा सदस्य आदित्य तुलाधर, वडा नं १७ का अध्यक्ष समिम कमर, नेपाल क्रिकेट सङ्घ कोशी प्रदेश अध्यक्ष सर्वजीत राज पाण्डे, मोरङ अध्यक्ष मो साद बाबुलगायतको सहभागिता थियो ।
प्रतिष्ठित मिसिसाउगा क्रिकेट लिगमा सहभागी नेपलीज क्यानेडियन क्रिकेट क्लब क्यानडाली लिगमा प्रतिस्पर्धा गर्ने सम्भवतः पहिलो नेपाली खेलकुद टोली हो। २०२२ मा उल्लेखनीय प्रयासमा, एनसीसीले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई क्यानडाको राष्ट्रिय टोली विरुद्ध ऐतिहासिक द्विपक्षीय शृङ्खलाको लागि क्यानडा ल्याउनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार