इलाम माघ : इलाममा फागुन १० गतेदेखि अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
माई भ्याली फुटबल क्लब र रेडहर्स फुटबल क्लबको संयुक्त आयोजनामा फागुन १९ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने भएको हो ।
प्रतियोगितामा इलामको १० वटै पालिकाको महिला टिम सहभागी गराइने जनाइएको छ ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
विधागत तर्फ उत्कृष्ट गोलरक्षक, फरवार्ड, डिफेन्स, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ३ हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सेमिफाइनलसम्म टिकट दर ५० रुपैयाँ कायम गरिएको छ । फाइनल खेलमा १ सय रुपैयाँ टिकट दर कायम गरिएको माई भ्याली फुटबल क्लबका अध्यक्ष दिनेश काफ्ले जानकारी दिए ।
प्रतिक्रिया