दक्षिण एसियाली कुराशमा नेपालले जित्यो २ स्वर्ण र ३ रजत

आइतबार, ०९ बैशाख २०८१
काठमाडौँ । दक्षिण एसियाली कुराशमा नेपाललाई २ स्वर्ण र ३ रजत पदक जितेको छ । भारतको केरेलामा बैशाख ७ देखि ८ गतेसम्म भएको प्रथम दक्षिण एसियाली कुराश प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ रजत पदक जितेको छ । नेपालका लागि योगेन्द्र बिष्टले ८१ केजी समुहमा र दिक्षा मगरले ४४ केजी समुहमा स्वर्ण पदक जितेका छन् । त्यसैगरी दिपिका अचाजुले ८७ केजी समुहमा, परि घर्ती क्षेत्रीले ६३ केजी समुहमा र अर्जुन क्षेत्रीले ६० केजी समुहमा रजत पदक जितेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार