माया क्रिकेट क्लबद्धरा हाउली मैदानमा आफ्नो जर्सी सार्वजनिक

सोमबार, ३१ बैशाख २०८१
क्याम्बर्ली : माया क्रिकेट क्लबले क्याम्बर्लीस्थित हाउली मैदानमा आफ्नो जर्सी सार्वजनिक गरेको छ । उक्त जर्सी सार्वनजिकीकरण कार्यक्रममा नेपाली वियर उत्पादकका तर्फबाट निर्देशक विकास नेपाल, मामाज रेष्टुरेन्ट हाउन्स्लोबाट टंक गुरुङ, क्याटलिस्ट आइटी कन्सल्टेन्सीका हरि भट्ट र एचटीआर केयर एण्ड रिक्रूटमेन्टका टंक भट्टराई एवं जेनिश गिरी सहभागि थिए । सञ्चालक पाण्डेले सबै प्रायोजकलाई धन्यवाद दिँदै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा गरे । मायाले प्रायोजकहरुसंग सहकार्य गरि उनीहरुको व्यवसाय प्रवर्धनमा समेत सहयोग गर्ने प्रतिवद्धता पनि पाण्डेले व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी हुन सबै प्रायोजकलाई जानकारी दिइएपनि छोटो सूचनाका कारण सिमित प्रायोजक त्यहां उपस्थित भएका थिए। माया क्रिकेट क्लबलाई एचटीआर केयर एण्ड रिक्रूटमेन्ट, क्याटलिस्ट आइटी कन्सल्टेन्सी, सलाद मास्टर यूके (मनी कला राई), ड्रिम्स एजुकेशन कन्सल्टेन्सी, हिरेन पटेल सोलिसिटर्स, केटीएम ट्राभल एण्ड टुर्स, आर के अटो वर्क्स, जीएनएस एसोसिएट्स, मोर्डन डोनेस्टिक प्लम्बिङ एण्ड हिटिङ, दि गोर्खा सेन्टर, आइकोन कन्सट्रक्सन, मामाज हाउन्स्लो, नेपाल फुड्स, नेपाली बियर, हाउस क्रिकेट एकेडेमी र स्रान कन्स्ट्रक्सनले प्रायोजन गरेका थिए । माया क्रिकेट क्लब माया इभेन्ट्स र माया सपोर्टेड लिभिङ लिमिटेडद्वारा लन्डनमा सञ्चालित नयां क्लब हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार