‘बिहेको कुरा ल्याउनुभयो, बुझ्दा राम्रै लाग्यो । कुरा चलाएर दुवैको विवाह गरिदियौं,’ पूजाका ससुरा घनश्यामले भने, ‘समाजलाई थोरै शिक्षा पनि होस् भनेर बेहुलालाई घर बोलाएर विवाह गराइदिएका हौं ।’ केटा पक्षका बुबा र ४/५ जना जन्ती आए ।
‘हामीले टीकाटालो गरेर पठायौं,’ घनश्यामले भने । बिहेपछि पूजाले पहिले विवाह गरेर भित्र्याएको परिवारले नमुना काम गरेकोमा आफूलाई गर्व लागेको बताइन् । ‘पहिले म बुहारी भएर आए, अहिले छोरी भएर अन्मिन पाउँदा खुसी छु । आफ्नो जिम्मेवारी पूरा गर्न पाउँदा यो परिवारको मनैदेखि ऋणी र उत्तिकै खुसी छु,’ उनले भनिन् ।
नयाँ साथी भेट्टाएका पूजा र दीपकका दुवै छोरी पनि आपसमा मिलेर बसिरहेका छन् । पूजा पनि अब एकपटक माल्टा गएर आउन राहदानी बनाएर तयारी अवस्थामा बसेकी छन् । ‘पूजा अब छिट्टै माल्टा जाँदै छिन्,’ बुबा घनश्यामले भने, ‘हामी अहिले पनि उनलाई पूरै सहयोग गरेका छौं । नातिनीहरूको पनि उस्तै मित्रता पनि गजबको बनेको छ ।’
यसअघि चन्द्रौटाकै एक गुप्ता परिवारले पनि बुहारीलाई छोरी बनाएर विवाह गराइदिएका थिए । गुप्ता परिवारले त्यो विवाहलाई बाहिर ल्याएका थिएनन् । पूजा र दीपकको बिहेको अहिले चर्चा भइरहेको छ ।
नेपाली समाजमा बुहारीलाई छोरी मानेर अन्माउने काममा शिवराज नगरपालिका उदाहरणीय रहेको नगर प्रमुख अजय थापाले बताए । ‘हाम्रो नगरपालिकाले मुलुकलाई नै राम्रो सन्देश दिएको छ,’ उनले भने, ‘यसले नयाँ जग बसाएको छ ।’
प्रतिक्रिया