करेन्ट लागेर राईको मृत्यु

सोमबार, ०७ साउन २०८१
झापा : करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । इलाम घर भई हाल झापा दमक नगरपालिका वडा नंं. ३ धिमाल टोल बस्ने १९ वर्षीय मौषम राईको करेन्ट लागेर मृत्यु भएको हो। सोमबार (आज) दिउँसो २ बजेतिर घर नजिकै रहेको खोल्सीमा घरबाट बिजुलीको तार जोडी करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । राईको दमक आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार