भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको व्यवसायीको भनाइ छ । गत वर्ष स्थानीय उत्पादन बढेकाले स्थानीय फूलहरू सस्तोमा बिक्री भएको थियो । यस वर्ष पनि फूलमा आत्मनिर्भर बन्नलाई सयपत्री फूल रोप्न धरानको निशाने डाँडामा श्रमदानबाट सयपत्री फूलहरू रोपिएको नगर प्रमुख राईले बताए ।
श्रमदानमा सयपत्री फूल बाहेक विभिन्न जातका फलफूल तथा बोटबिरुवा गरी करिब ३ सयको हाराहारीमा बिरुवा रोपिएको श्रमदाता दिनेश राईले बताए । नगर प्रमुख राई निर्वाचित भएसँगै श्रमदानको पुनः सुरुवात भएको राईको भनाइ छ
प्रतिक्रिया