पैनीमा डुबेर घाइते भएका वृद्धको मृत्यु

बुधबार, १६ साउन २०८१
विराटनगर : मोरङमा पैनीमा डुबेर घाइते भएका वृद्धको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका ६३ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार खड्का पैनी (कुलो)मा बुधबार दिउँसो डुबिरहेको अवस्थामा भेटिएका थिए । खड्का घरदेखि करिब ३ सय मिटर पूर्व–दक्षिणमा रहेको पैनीमा डुबिरहेको अवस्थामा दिउँसो १२ः४० बजेतिर भेटिएका हुन् । पैनीको पानीमा डुबिरहेको देखेर छिमेकीले परिवारलाई खबर गर्नसाथ उनको उद्धार गरिएको थियो । डीएसपी बस्नेतका अनुसार घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले दिउँसो १ः५० बजेतिर मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार