उदयपुरमा दुई साइकल एकापसमा ठक्कर भई दुर्घटना हुँदा एक युवकको मृत्यु

विहीबार, १७ साउन २०८१
उदयपुर : उदयपुरमा दुई साइकल एकापसमा ठक्कर भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । गाईघाटबाट जलजलेतर्फ जाँदै गरेको साइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एकापसमा ठक्कर भई दुर्घटना हुँदा युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा साइकल चालक त्रियुगा ५ का २५ वर्षीय विनोद विष्ट रहेका छन् । घटनामा घाइते भएका उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अर्का साइकल चालक उदयपुरगढी गाउँपालिका ८ घर भई हाल त्रियुगा नगरपालिका ३ स्थित मामा घरमा बस्दै आएका १७ वर्षीय दिनेश कार्कीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार