ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २५ कार्तिक २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
धरान खानेपानी महसुल वृद्धिविरुद्ध अदालतद्धारा कारण देखाउ आदेश जारी
प्रदेश खबर
बुधबार, ३० साउन २०८१
धरान :
धरानमा खानेपानी महसुल वृद्धिविरुद्धको मुद्धामा उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको छ । धरान वडा नं. १७ निवासी भीमबहादुर खड्काले नगर प्रमुख हर्क साम्पाङ, उपमहानगपालिकाको कार्यालय, धरान खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोग काठमाण्डौंलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । उक्त रिटको सोमबार सुनुवाई गर्दे न्यायाधिश श्रीधराकुमारी पुरासैनीको इजलाशले निवेदकको माग वमोजिम आदेश जारी किन हुनु नपर्ने हो ? भन्दै विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको हो । बोर्डको उक्त निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै दायर भएको रिटमा उच्च अदालतले कारण देखाउ आदेश मात्र जारी गरेको हो । निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी नगरी त्यस विषयमा दुवै पक्षलाई भदौ २ गते पेशी तोकेर अदालतले छलफलमा बोलाएको छ । विपक्षीहरुले बाटोको म्यादबाहेक १५ दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिम प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न पनि अदालतले आदेश जारी गरेको छ । यस्तै, अन्तरिम आदेशबारे दुवै पक्षबीच छलफल गराई निष्कर्षमा पुग्न उपयुक्त हुने भन्दै उक्त इजलाशले भदौ २ गते पेशी तोकेको हो ।
यो पनि – धरानमा खानेपानीको मूल्य वृद्धि फिर्ता, सात दिनभित्र बोर्डको आयव्यय सार्वजनिक गर्ने निर्णय
यो पनि
–
खानेपानी महसुल वृद्धिविरुद्ध दिनभर अशान्त बन्यो धरान
यो पनि – धरानमा खानेपानीको महसुल घटाउन माग गर्दै आन्दोलन, उपमहानगरको गेट तोडफोडसमेतको प्रयास
यो पनि – खानेपानी बोर्ड धरानको कार्यालयमा लगाइएको तालाबन्दी खोलियो
यो पनि – धरान खानेपानी बोर्डमा लगाइएको ताला खोल्न उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश
यो पनि – धरान खानेपानी बोर्डको कार्यालयमा तालाबन्दी, महसुल वृद्धिको विरोधमा दिनभर प्रदर्शन
यो पनि – धरानको खानेपानीमा हर्क साम्पाङको राजनीति : अभियन्ता हुँदा विरोध, मेयर भएपछि नौ हजार नौ सय प्रतिशत महसुल वृद्धि
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
श्रीमतीले नै धरौटी तिरेर कारागारबाट छुटाइन्, छुटेकै दिन श्रीमानले गरे हत्या
यी हुन् एमालेमा फर्किएका नेताहरु
झापाकी मनिषाको कोरियामा दुःखद अन्त्य : जन्मदिन मनाएको चौथो दिनै ट्रकले किच्दा मृत्यु
जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न झापामा १२ जना पक्राउ (नामावलीसहित)
भिडियोकलमै अन्तिम भेट: ‘गिफ्ट पठाउँछु’ भनेका मोरङ केराबारीका जगत,अब फर्किँदै छन्—साउदी अरबबाट बाकसमा
सरकारले गर्यो मधेश प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त, सुरेन्द्र लाभको नाम सिफारिस
सम्बन्धित समाचार
स्थानीय तहका तीन संस्थाको संयुक्त विज्ञप्ति : “लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र”
सर्वोच्च अदालतले आइतबारदेखि नियमित सुनुवाई सुरु गर्ने
क्षमापूजासहित इन्द्रजात्रा सम्पन्न
राष्ट्रपतिले संविधान भित्रैबाट निकास खोज्नु हुनेछ भन्ने विश्वास छ : कृष्णप्रसाद सिटौला
आगलागीबाट ग्रस्त भाटभटेनीको प्रतिकृया : “ध्वस्त भए पनि, हामी अझ सबल भएर फर्कन्छौं”
बीमा दाबी छिटो भुक्तानी गर्न बीमा प्राधिकरणको निर्देशन
भागेका कैदीबन्दीलाई तुरुन्त सम्पर्कमा आउन कारागार विभागको सूचना
उपत्यकामा भोलि पनि निषेधाज्ञा र कर्फ्यू लागू हुने
प्रतिक्रिया