यो वनस्पति मुख्यतः हाड जोर्नी साथै पेटको समस्याको निरूपण गर्ने जडीबुटीका रूपमा प्रयोग हुन्छ । पदमचाल हेर्दै लोभलाग्दो र आकर्षक हुन्छ । त्यही भएर तस्बिरमा देखेकाहरू प्रत्यक्ष हेर्नकै लागि सास्ती व्यहोरेर हिमाल चढ्ने गर्छन् ।
पछिल्लो समय यस क्षेत्रमा घुम्न आउने तिर्खालु र पर्यटकले फोटो र भिडियो बनाउने बहानामा यस्का बोट भाँच्ने,उखेल्ने र पात चुँडाउने गरेकाले गरेको पाइएको छ । यसले हिमालको सौन्दर्ययतामा हा्रस आउनका साथै लोप हुने खतरा बढेको सरोकारवालाहरूको चिन्ता गर्छन् ।
उम्रेको यो वनस्पति उम्रेको ३ देखि ४ वर्षमा मात्रै वयस्क हुन्छ । बोट मुनिको भागमा हरियो र माथि तिर क्रमशः सानो हुँदै चुच्चो आकारमा टुंिगन्छ । बोट वयस्क हुँदै गएपछि माथिको पात पनि क्रमशः सेतो हुँदै जान्छ । दुर्लभ आकर्षक र औषधीय गुणले युक्त भएकाले पनि यो वनस्पतिको संरक्षणमा स्थानीय स‘गै भ्रमणमा आउने जो कोही संवेदनशील हुनु जरुरी देखिएको छ ।
प्रतिक्रिया