मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पत्रकारिता क्षेत्रमा राज्य र समाजको लगानी आवश्यक भएको विचार राख्दै सञ्चारकर्मीले सत्य तथ्यका आधारमा समाचार समाजमा पस्कन आग्रह गर्नुभयो ।
महासङ्घका मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई, सचिव नेत्र पि अधिकारी, केन्द्रीय सदस्य अमर खड्का, समाजसेवी सुरेशराज शर्मा, प्रतिष्ठानका सचिव कविराज न्यौपानेले सञ्चारकर्मीले समाजमा पछाडि परेका जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र हक अधिकारका लागि कलम चलाउनुपर्ने सुझाव दिनुभयो ।
प्रतिष्ठानले यसअघि १८ जना सञ्चारकर्मीलाई सम्मान गरिसकेको छ ।
प्रतिक्रिया