पलेशालाई महानगरले गर्‍यो नगद पुरस्कारसहित सम्मान

बुधबार, १९ भदौ २०८१
काठमाडौँ । काठमाडौँ महानगरले पेरिसमा जारी प्यारालिम्पिक कांस्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । बुधवार महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पाँच लाख पुरस्कारसहित सम्मान गरेका हुन् । त्यस्तै, प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । महानगरले नेगीलाई ३ लाख नगदसहित सम्मान गरेको हो । फ्रान्सको राजधानी पेरिसमा जारी १७ औँ पारा ओलम्पिककी कांस्य पदक विजेता पलेशा गोवर्धन बुधवार बिहान स्वदेश फर्किएकी हुन्। उनलाई राष्ट्रिय कहल्कुद परिषद्ले सम्मान स्वरूप विमानस्थल देखि दशरथ रङ्गशालासम्म नगर परिक्रमा गराएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार