अधिवेशनले प्रदेश प्रतिनिधिहरुको पनि टुंगो लगाएको छ । जसअनुसार एमकुमार थापा, रबिन घिमिरे, जानुका सुबेदी, नीलकमल निरौला, जीवन बस्नेत, ज्ञानबहादुर राई, फणिन्द्र तिम्सिना र बानु आचार्य प्रदेश प्रतिनिधिका रुपमा चयन भएको निवर्तमान सचिव खड्गबहादुर थापाले बताए ।
संगठनका कोशी प्रदेश संयोजक भुवन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा प्रशिक्षण विभागका प्रमुख प्रकाश राई, पेशागत महासंघका केन्द्रीय सदस्य केशब खतिवडालगायत सहभागी थिए ।
शनिबार मोरङ र उदयपुरमा आयोजना हुने अधिवेशनले त्यहाँको नयाँ समिति चयन गर्ने जनाइएको छ ।
फागुन २३ गतेभित्र कोशी प्रदेशका सबै जिल्लामा अधिवेशन सम्पन गरिसक्ने र फागुन २४ मा पहिलो प्रदेश अधिवेशन गर्ने तयारीका साथ काम भइरहेको प्रदेश अधिवेशन व्यवस्थापन समितिका संयोजक तथा प्रशिक्षण विभाग प्रमुख प्रकाश राईले बताए।
प्रतिक्रिया