शनिबार तरहरामा विद्यालयस्तरीय फुटसल प्रतियोगिता

शुक्रबार, ०४ असोज २०८१
तरहरा : मर्निङ फुटसल क्लब तरहराले शनिबार विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्ने भएको छ । तरहरा फुटसलमा शिक्षक देवराज न्यौपाने स्मृति कप आयोजना गर्न लागिएको हो । कक्षा ८ सम्मका विद्यार्थीलाई सहभागी गराएर इटहरी उपमहानगरपालिकास्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका कार्यबाहक अध्यक्ष सन्तोष श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितामा उपमहानगरभरीका २४ वटा विद्यालय सहभागी छन् । प्रतियोगिता २० मिनेटको हुनेछ भने विजेता टिमले नगद ३१ हजारसहित ट्रफी हात पार्नेछन् । यसैगरी उपविजेता टिमले भने नगद १६ हजारमा चित्त बुझाउनेछ । विद्यार्थीलाई खेलकुद क्षेत्रमा रुचि रुचि बढाउने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको श्रेष्ठको भनाइ छ । एन्जल श्रेष्ठको संयोजकत्वमा हुन लागेको प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्तालाई दुई हजार पाँच सयसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार