फाल्गुनन्द गोल्डकपलाई निरन्तरता दिइने,एघारौँ संस्करण पुस ६ गतेदेखि

आइतबार, ०६ असोज २०८१
पाँचथर: छ वर्ष अघिदेखि स्थगित गरिएको फाल्गुनन्द गोल्ड कपलाई यो वर्षदेखि निरन्तरता दिइने भएको छ । फिदिम स्पोर्टिङ क्लबले २०६५ सालदेखि नेपालका १६ औँ राष्ट्रिय विभूति तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङदेनको स्मृतिमा खेलाउँदै आएको उक्त प्रतियोगिता २०७५ सालमा १० औँ संस्करण सम्पन्न भएस‘गै स्थगित गरिएको थियो । प्रतियोगिता आयोजना हुने फिदिम माविको खेल मैदान भत्किनुका साथै विश्वभर महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको प्रतियोगिताको ११ औँ संस्करण पुस ६ देखि १५ गते सम्म सञ्चालन गर्ने निश्चय भएको आयोजक फिदिम स्पोर्टिङ क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरका अनुसार एघारौँ संस्करणमा ए डिभिजन क्लबका ५ सहित १२ टिमले भाग लिनेछन् । प्रतियोगिताको विजेताले ५ लाख २५ हजार ५ सय ५५ र उप विजेताले २ लाख २५ हजार ५ सय ५५ रुपैंया पुरस्कार सहित ट्रफि प्राप्त गर्ने बताइएको छ । प्रतियोगिताका म्यान अफ दि सिरिजलाई स्पोर्टि मोटरसाइकल सहित प्रत्येक खेलमा म्यान अफ दि म्यान लगायतका विधामा खेलाडी पुरस्कृत गरिने बताइएको छ ।  प्रतियोगिता सम्पन्न गर्न ७५ लाख रुपैंया खर्च लाग्ने अनुमान आयोजकको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार