एरिकाले जितिन् रजत पदक

आइतबार, ०६ असोज २०८१
काठमाडौं । नेपालकी एरिका गुरुङले चीनको हाङ्जाउमा भएको २०औं एसियन सिनियर करातें च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । आइतबार भएको महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा एरिका भियतनामकी नाओन थि नुयेनसँग पराजित भएकी हुन् । उनी विपक्षी खेलाडीसँग कुनै अंक जोड्न नसक्दा ६–० अंकले हारिन् । तर, यो एसियन च्याम्पियनसिपमा नेपालले जितेको पहिलो पदक हो । अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर च्याम्पियनसिपमा पदक जिन सकेका थिएनन् । यसअघि गत वर्ष १९औं एसियन गेम्समा रजत पदक जित्दा सोही खेलाडीसँग उनी पराजित भएकी थिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार