सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु

सोमबार, ०७ असोज २०८१
बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका १ झण्डा चोकस्थित सडकमा उदयपुरबाट झण्डा चोकतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । प्र १-०२-०४४ प २७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका ८ बस्ने ६२ वर्षीय योगेन्द्रराज तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीको भनाइ छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार