उक्त एक्सचेन्ज क्याम्पमा स्पट भ्यालुएसन,फाइनान्सको सुविधा, १ लाख ५० हजार सम्म एक्सचेन्ज बोनस, ७ किलोवाटको फ्री चार्जर,एक वर्षको बिमा,स्पेयर टायर साथै एक वर्षको कर सुविधाको समेत व्यवस्था गरेको निर्देशक खतिवडाले बताए ।
आजबाट सुरु भएको एक्सचेन्ज क्याम्प ५ दिनसम्म चल्ने श्रीजा मोर्टसको व्यवस्थापक कुशल लामिछानेले बताए । क्याम्पमा जुनसुकै प्रकारका गाडीहरूको लागि एक्सचेन्ज गर्ने सुविधा रहेको लामिछानेले बताए । बजारमा अहिले ओमोडाको २ ओटा गाडीहरू सार्बजानिक भएका छन् ।
जसअन्तर्गत गाडिको मूल्य ६२ लाख र ५६ लाख रहेको छ । श्रीजा मोर्टस विगत ५ वर्ष अघिदेखि इटहरी सहित विराटनगर समेत रहेर सेवा दिँदै आएको छ ।
प्रतिक्रिया