काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले दान गरेको १० रोपनी १४ आना जग्गा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल फिर्ता गरेको घोषणा गर्न सुझाव दिएका छन् ।
नेपाली काँग्रेसका सम्पर्क समितिहरु संगको वानेश्वरमा आयोजित भेटघाट कार्यक्रममा महरले जनतामा छरिएको निराशालाई आशामा परिणत गर्न वर्तमान गठबन्धन बनेको सम्झाउदै महरले प्रधानमन्त्रीले कसैबाट दानदातब्य र नजराना लिनु सुशासनको खिलाप हुने भएकाले जनतामा आशा जगाउन तत्काल सो जग्गा फिर्ता गर्न आग्रह गरेका हुन् ।
दानकर्ता मिनबहादुर गुरुङ दम्पत्तीप्रति आफूहरुको कुनै आग्रहपुर्वाग्रह नरहेको बताउदै नेता महरले गुरुङ दम्पत्ती अस्पताल लगायत ठाउँमा दान गरिरहेका दानविर व्यवसायी समेत रहेका बताए । तर व्यवसायी गुरुङमाथि उठेको प्रश्नको निरुपण नभए सम्म कुनै पनि राजनीतिकले सहयोग लिनु वदनियतपुर्ण कार्य हुने महरको भनाई छ।
अदालतले दोष ठहर नगरे सम्म सम्बन्धित ब्यक्ति निर्दोष रहन्छ भन्ने कानुनी मान्यता भएपनि ललिता निवास जग्गा प्रकणमा गुरुंगलगायतको मुद्दा अदालतमा बिचाराधिन अवस्थामा रहेकै वेला देशको कार्यकारी प्रमुखले पार्टी कार्यालयका लागि दानको जग्गा लिइ त्यसमा भवन बनाउने कुराले देशमा विधिको शासन छ कि छैन् भनेर जनताले नै प्रधानमन्त्री माथी प्रश्न उठाउने नेता महरको टिप्पणी छ । तसर्थ यथासक्य नेकपा एमाले र प्रधानमन्त्री ओलीले सो जग्गा फिर्ता भएको घोषणा गर्नुपर्छ र देशमा सुशासन, अमनचयन छ भन्ने सन्देश जनतामा दिनुपर्छ, नेता महरले भने ।
प्रतिक्रिया