लामिछानेको पक्राउ सही छ : चित्रबहादुर केसी

आइतबार, ०४ कार्तिक २०८१
काठमाडौं । राष्ट्रिय जनमोर्चाले रास्वपाका सभापति रवि लामिछानेको पक्राउबारे समर्थन गरेको छ । आइतबार अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै लामिछानेको गिरफ्तारी सही भएको बताउँदै यस प्रकरणमा संलग्न अन्यमाथि पनि सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ- ‘रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ ।’ पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी पोखरा पुर्याइएको छ । यसैक्रममा अहिले उनलाई कास्की जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार