सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेको रिहाइ माग गर्दै रास्वपा पाँचथरले बुझायो ज्ञापन पत्र

आइतबार, ०४ कार्तिक २०८१
पाँचथर : राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरले सहकारी ठगी र संघठित अपराध मुद्वामा अनुसन्धानका लागि पक्राउ परेका पुर्व गृह मन्त्री एवं पार्टि सभापति रवि लामिछानेलाई बिनासर्त रिहाईको माग गर्दै सरकारलाई ज्ञापन पत्र पठाएको छ । पार्टीको संघीय निर्वाचन क्षेत्र पाँचथरका सभापति दीपक भण्डारी नेतृत्वमा गएका नेता, कार्यकर्ताको प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालय पाँचथर मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा लामिछानेलाई झुटा आरोप लगाएर पक्राउ गरिएकाले बिना शर्त रिहाई गर्न माग गरिएको छ । यसैगरी सहकारी ठगी प्रकरणमा मुछिएका धनराज गुरुङ र ऋषिकेश पोखरेल लगायतलाई पक्राउ गरी अनुसन्धान सुरु गर्नुपर्ने, बाँसबारी, टीकापुर र ललिता निवास प्रकरणमा मुछिएकाहरूलाई अनुसन्धान र कारबाही गर्नुपर्ने, सहकारी पीडित र मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने माग गरिएको छ । रास्वपा नेता, कार्यकर्ताले आफ्ना माग सम्मिलित ज्ञापन पत्र पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी अदित दाहाललाई बुझाएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार