आफूनिकट नेताहरूलाई स्पष्टीकरण सोधिएपछि भीम रावलको आक्रोश: तानाशाही प्रवृत्तिको प्रतिवाद गरौँ

सोमबार, १२ कार्तिक २०८१
काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटी सहितका आफूपक्षिय नेता तथा कार्यकर्तालाई पार्टीले स्पष्टीकरण सोधेपछि आपत्ति जनाएका छन् । उनले एमालेको जबज, परम्परा र संवैधानिक हक विपरित कुनै बैठक र छलफल बिना नै पार्टी सदस्यहरूलाई स्पष्टीकरण सोध्ने र धम्क्याउने काम भएको बताएका छन् । नेता रावलले पार्टीको तानाशाही शैलीविरुद्ध न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूलाई विरोध र प्रतिवादमा उत्रन समेत आग्रह गरेका छन् । उनले भनेका छन् ‘उनले भनेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल बिना पदको दुरुपयोग गर्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ’ । केही दिनअघि रावललाई पार्टी नेततृ्वले र उनीनिकटका नेताहरुलाई सूदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो । एमालेको पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङले दिएको जग्गा दानबारे असन्तुष्टि जनाएपछि उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार