एमाले विराटनगरका निवर्तमान अध्यक्ष थापामाथिको कारबाही फुकुवा

सोमबार, १२ कार्तिक २०८१
इटहरी : नेकपा (एमाले) विराटनगरका निवर्तमान अध्यक्ष सागर थापामाथिको कारबाही फुकुवा भएको छ । विराटनगरको पुष्पलाल चोकमा रहेको मानगढ खानेपानी आयोजनाको निर्वाचनबाट विवाद सुरू भएपछि थापालाई एमालेले कारबाही गरेको थियो । अध्यक्ष थापालाई मानगढ खानेपानीको निर्वाचनमा गुटबन्दी गरेको र पार्टीको निर्णय पालना नगरेको आरोप लागेको थियो । विवाद बढ्दै जाँदा एमालेले विराटनगर महानगरको निर्वाचित कमिटीलाई हटाएर नयाँ पदाधिकारी चयन गरेको थियो । तर, नेकपा (एमाले) कोशी प्रदेश कार्यालयले गत असोज १० गते जारी गरेको अन्तर पार्टी निर्देशन–५ मा थापालाई सहरी विकास विभागको सचिवको जिम्मेवारी दिइएको छ । उक्त विभागको प्रमुखमा सुनसरीका लोकेश निरौला रहेका छन् भने उपप्रमुखमा सुशीला पहाडी रहेकी छिन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार