सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

मंगलबार, २७ कार्तिक २०८१
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । मङ्गलवार काठमाडौँमा एक समारोहकाबीच मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, टिम मालिक स्वतन्त्र प्रताप शाह र ब्रान्ड एम्बेसडर दीपक विष्टले गरेका हुन् । एम्पायर स्पोट्स म्यानेजमेन्ट प्रालिसँगको स्वामित्वमा रहेको सुदूरपश्चिमले सार्वजनिक गरेको जर्सी प्रदेशको प्रतिनिधित्व र स्थानीय संस्कृति झल्कनेअनुरूप छ ।जर्सिको कलर पहेँलो रहेको छ। जर्सी रिभिल कार्यक्रममा बोल्दै नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगले नेपाली क्रिकेट जगतले फड्को मार्ने बताए । सुदूरपश्चिमको जर्सी लगाएर समर्थन गर्न आउँदा काठमाडौँ नै सुदूरपश्चिममय हुने उनको भनाइ छ । क्रिकेटलाई नेपाली समर्थक अथाह माया गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘नेपाली क्रिकेटले विगतको २०,२५ वर्षदेखि जुन उपलब्धि हासिल गर्दै आइरहेको छ । यसले विश्व जगतमा नेपाली क्रिकेटको चर्चा भइरहेको छ । अब अन्तरराष्ट्रिय स्तरबाट ठुलो ठुलो लगानीकर्ताहरू भित्र्याएर राष्ट्रिय स्तरमा खेलाडीहरूका लागि प्लेटफर्म तयारको योजनामा क्यान छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार