नवनिर्मित प्रहरी चौकी भवन शिलालेख अनावरण गरी भवनको विधिवत रूपमा उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी रामप्रसाद तिम्सिनाले बताए ।
नेपाल सरकारको ३ करोड १९ लाख ४० हजार रुपैयाँ बजेटको लागतमा साढे दुई तलाको भवन निर्माण सम्पन्न भएको हो ।
धार्मिक महत्वको हिसाबले प्रसिद्ब बराहक्षेत्र मन्दिरमा प्रहरी चौकी स्थापनाले स्थानियसँगै पर्यटक तथा स्थानीय व्यापारीहरूलाई राहत तथा सुरक्षाको प्रत्याभूति महसुस भएको स्थानीय कुमार श्रेष्ठले बताए ।
प्राकृतिक जोखिम, सुरक्षा लगायको दृष्टिकोणमा संवेदनशील तथा मेला, पर्वलगायतको हिसाबले सुरक्षा चुनौती रहेको बराहक्षेत्रमा नवनिर्मित भवनले सुरक्षित महसुस गर्न सकिने बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।
प्रतिक्रिया