पक्राउ परेकाहरूबाट करिब ७ वर्ष कैद र २ लाख रूपैयाँभन्दा बढी जरिवाना असुल भएको छ । प्रहरीले पक्राउ परेर अदालतमा पेश गरेपछि कैद तोकिएकालाई अदालतले सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।
मोरङ प्रहरी प्रमुख, एसपी नारायणप्रसाद चिमरियाले अदालतको फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेको बताए ।
‘अपराध गरेर समाजमा खुलेआम हिँडडुल गर्नेहरुका कारण पीडितले असुरक्षित महसुस गर्छन् । पीडितले राहतको अनुभूति गर्न पाउँदैनन्,’ उनले भने, ‘अपराध गरेर भागिरहेका तथा दोषी ठहर भएका प्रतिवादीलाई पक्राउ गरी अपराध गर्ने छुट कसैलाई पनि छैन र कानुनले समेत छुट दिँदैन भन्ने सन्देश दिन चाहन्छौं । पीडितलाई न्याय दिन सबै उपाय अवलम्बन गरिने छ ।’
यी हुन् फरार प्रतिवादी
प्रतिक्रिया