रकम भुक्तानी नहुँदा पहिरो पीडितको घर निर्माण अलपत्र

विहीबार, ०६ मंसिर २०८१
सङ्खुवासभा : सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा ५५ परिवारको घर निर्माण अलपत्र परेको छ । सङ्घीय सरकारबाट दोस्रो किस्ता रकम भुक्तानी नुहँदा सिलिचोङ गाउँपालिका–१ बेसिन्दा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण अलपत्र परेको हो । गत २०७७ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका ९७ घर परिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा घर निर्माण थालिएको करिब एक वर्षअघिदेखि घर निर्माण रोकिएको हो । सङ्घीय सरकारबाट दोस्रो किस्ता रकम नआउँदा भुक्तानी गर्न नसकिएको सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए । पहिरो पीडितको घर निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान निर्णय भए हालसम्म दोस्रो किस्तावापतको रकम जिल्ला प्रशासनको खातामा नआएको घिमिरेले बताए । पहिरो पीडितका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो । पहिरो पीडितले घर निर्माणको पहिलो किस्ताको ५० हजार मात्र पाएका छन् । पहिरो पीडित ५५ घरमध्ये २५ घरको ५० प्रतिशत बढी काम सकिएको छ । अन्य घरको २५ प्रतिशत मात्र काम सकिएको छ । पहिरो पीडितको समयमा घर निर्माण हुन नसक्दा अझै टेण्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । समयमा घर निर्माण हुन नसक्दा सिलिचोङ–१ बेसिन्दाका पहिरोबाट विस्थापित ५५ परिवारको चार वर्षसम्म पुनःस्थापना हुन सकेको छैन । पहिरोबाट विस्थापित भएको झण्डै साढे दुई वर्षपछि बेसिन्दा गाउँका पहिरो पीडितको घर निर्माण थालिएको हो । घर निर्माण अलपत्र भएपछि अस्थायी टहरामा बस्दै परिवार पहिरो पीडित थप पीडामा परेका छन् । पहिरो पीडितको आवास निर्माणलका लागि ५ लाख ५० तोकिएको थियो । आवास निर्माणको पाँच लाख ५० रकम प्राविधिकको मूल्याङ्कनअनुसार तीन किस्तामा भुक्तानी गरिने सम्झौता भए हालसम्म रु ५० हजार मात्र भुक्तानी पाएका छन् । भैरे डाडाँमा ५५ परिवारको लागि ६९ रोपनी जग्गा एक करोड ३० लाखमा खरिद गरिएको थियो । सिलिचोङ–१ बेसिन्दाका नौ घर वटा विसं २०७७ असार २८ गते राति आएको पहिराले बगाउँदा ११ जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार