एनपीएल : काठमाडौँसँग हार्‍यो कर्णाली

बुधबार, १९ मंसिर २०८१
काठमाडौँ : कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार भएको खेलमा कर्णाली काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित भयो । लिगमा दुई खेल सकेको कर्णालीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । यस्तै पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार खेपेको काठमाडौँले पहिलो जित दर्ता गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार