लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

शुक्रबार, २१ मंसिर २०८१
काठमाडौं : एनपीएलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १७० रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाए । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । टम मुर्सले ४५ रन बनाए । त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरे । ओपनरद्वय आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमै आउट भएपछि रोहित र मुर्स क्रिजमा आएका थिए । उनीहरुले शतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका हुन् । यस्तै, सन्दीप जोराले १८ रन बनाए । पोखरा एभेन्जर्सका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलेले १ विकेट लिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार