कार्यक्रममा संगठनका उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज नवराज घिमिरे, उपाध्यक्ष विष्णु लामा, सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्द, बागमती प्रदेश अध्यक्ष शंकर थापा, धनगढी ट्याक्सी इकाई उपाध्यक्ष शैलेन्द्र चौधरी, एयरपोर्ट पर्यटक ट्याक्सी इकाई अध्यक्ष बिलबहादुर कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।
दिलबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दुर्योधन बस्नेत र स्वागत मन्तव्य रामकृष्ण लामिछानेले गरेका थिए ।
यसैगरी इकाईका सदस्य स्वर्गीय अर्जुन सिर्मलका परिवारलाई २५ हजार हस्तान्तर गरिएको छ । २०८० साल चैत १७ गते त्रिशूलीमा ट्याक्सी दुर्घटनामा ज्यान गुमाएका सिर्मलका परिवारलाई कार्यक्रमका प्रमुख अतिथि राईले चेक हस्तान्तरण गरे ।
संगठन एअरपोर्ट ट्याक्सी इकाईको पाचौँ अधिवेशनका अवसरमा राहत हस्तान्तरण गरिएको हो । सोही अवसरमा संगठनका सदस्य धनेश्वर पण्डितलाई ११ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
यस्तै, ट्याक्सीमा छुटेका पाँच हजार अमेरिकी डलर यात्रुलाई फिर्ता गर्ने बा २ ज ३५६० नम्बरका ट्याक्सी चालक विनोद लामासहित ११ जना इमान्दार चालकहरुलाई सम्मन गरिएको थियो ।
त्यस्तै संगठनको नियमित शुल्क तिर्ने इमान्दार सदस्य नाथुप्रसाद थारुलाईसमेत सम्मान गरिएको थियो । कार्यक्रममा रक्तदान पनि गरिएको छ । जसमा ३९ पिन्ट रगत संकलन भएको थियो ।
प्रतिक्रिया