तीनैजना उम्मेदवारहरुले यसअघि शतप्रतिसत एस भोटको अपेक्षासहित नोमिनेसन दर्ता गराएका थिए । सामाजिक सेवामा अब्बल मानिने अन्तर्राष्ट्रिय संस्था अन्तर्गत लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलो कन्भेन्सनबाट उनीहरुले शतप्रतिसत एस भोट पाएर निर्वाचित भएका हुन् ।
कन्भेन्सनको समुद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए । त्यसअघि शनिबार बिहान चिप्लेढुंगाको मानवअधिकार चोकबाट पोखरा सभागृहसम्म सांस्कृतिक झाँकि सहितको परेड आयोजना गरिएको थियो ।
‘प्रथम कन्भेन्सन सम्पन्न गर्न २१ वटा विभिन्न उपसमिति बनाइएको थियो । डिष्ट्रिक्ट ३२५ के मा १५७ वटा क्लब आवद्ध रहेका छन् ।
प्रतिक्रिया