बिरगञ्ज महानगर–१४ गण्डक, बहुअरीमा २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा स्टोर निर्माण भएको हो । स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको तथा अण्डरग्राउण्ड बेसमेन्ट पार्किङसहित ७ तल्लाको भवन रहेको छ । यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले ठूलो रहेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।
बिर्तामोड र दमकमा पनि भाटभटेनी सञ्चालनमा आउदै
मुलुक आर्थिक संकटमा परिरहेको बेला भाटभटेनीले भने बजार विस्तारलाई थप आक्रामक बनाएको छ । उद्योगी तथा व्यवसायीहरु आर्थिक रुपले थला परिरहेको समयमा भाटभटेनीले नयाँ शैलीमा आफ्नो बजार विस्तारलाई अघि बढाएको हो । मुलुकको आर्थिक संकटलाई टार्नका लागि सबै उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउँदै भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबाहादुर गुरुङले बजार विस्तारलाई नरोकेको उल्लेख गरे ।
मधेश प्रदेश संगै कोशी प्रदेशको ठुला शहरहरु बिर्तामोड र दमकमा पनि भाटभटेनीले सेवा बिस्तार गर्न लागेको छ । बिर्तामोड बजारमा भदौको दोस्रो साताबाट सञ्चालनमा आउने गरि निर्माणमा जुटिरहेको भाटभटेनी स्टोरका ब्यावस्थापक बिनोद भटराईले प्रदेश खबरलाई बताए । बिरगञ्ज संगै मधेश प्रदेशको राजधानी जनकपुरमा पनि अबको केहि दिन भित्रमा भाटभटेनीको २५ औ स्टोरको उदघाटन गर्न लागिएको ब्यावस्थापक भटराईले बताए ।
२७ ओटै स्टोरहरु सञ्चालनमा आउदा ७ हजार बढिले प्रत्यक्ष रुपमा रोजगारी पाउने ब्यावस्थापक भटराईले बताए । भाटभटेनीले तराई क्षेत्रका सहरहरुमा सुपर स्टोर संचालनमा आएपछि छिमेकी मुलुक भारतका सिमावर्ति सहरका उपभोक्ताहरु पनि सामान किन्न र सहज शपिङको अनुभव गर्न नेपाल आउने क्रम समेत बढेको छ । पुर्बमा बिराटनगर,धरान,इटहरीमा यस अघिनै सञ्चालनमा आएको छ । अब बिर्तामोड र दमकमा भाटभटेनीले आफनो बजार बिस्तार गर्ने क्रममा स्टोर सञ्चालन गर्न लागेको हो । दमकको स्टोर भने २०८० सालको अन्त्य तिर सञ्चालनमा आउने ब्यावस्थापक भटराईले बताए ।
प्रतिक्रिया