चार महिनापछि मधेश प्रदेश सभा बैठक बस्दै

मंगलबार, २३ पुस २०८१
काठमाडौँ । करिब चार महिनापछि मंगलबार (आज) मधेश प्रदेश सभाको बैठक बस्न लागेको छ । बैठक दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ । आजबाट प्रदेश सभाको चौथो अधिवेशन शुरु हुन लागेको हो । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत भदौ २९ गते बसेको थियो । आज बस्ने बैठकमा प्राकृतिक श्रोत र धान समितिको प्रतिवेदन पेश गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । साथै विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख रहेको छ ।
लामो समयदेखि प्रदेश सभा बैठक नबसेपछि जनता समाजवादी पार्टी नेपाललगायत अन्द पार्टीहरुले अहिलेको प्रदेश सरकार असफल भएको र कुनै काम गर्न नसेको भन्दै विरोध जनाउँदै आएको थियो ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार