१४२.१९५ किमि दूरीको अन्नपूर्ण म्याराथन जेठमा आयोजना हुने

आइतबार, १२ चैत्र २०७९
पोखरा । अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म १४२ दशमलव १९५ किलोमिटर दूरीको अन्नपूर्ण म्याराथन जेठमा हुने भएको छ। अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथन आयोजना गर्न लागेको हो । समितिका अध्यक्ष ललित गुरुङले पत्रकार सम्मेलनमा म्याराथन आयोजनाबारे जानकारी दिएका हुन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमा आयोजित छलफलमा स्थानीय पर्यटन व्यवसायीले म्याराथनलाई सफल पार्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन हुँदै आएको थियो । पर्यटन क्षेत्रलाई धाराशयी हुन नदिनका विशेष राहत प्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्न स्थानीय, प्रदेश र सङ्घ सरकारसँग विशेष अनुरोध गर्ने समितिले जनाएको छ । –फाइल तस्बिर

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार