ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

शुक्रबार, ०४ माघ २०८१
धनुषा : ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। जनकपुर उपमहानगरपालिका ७ स्थित भमरपुराचोकदेखि वलुवा टोलतर्फ जाने सडकमा ना ६ ख ४५३७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ५ गौरीगामाका ६० वर्षीय सत्यनारायण साह तेली रहेका छन् । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार