विराट गोल्डकपः पहिलो सेमिफाइनलमा विराटनगर र जावलाखेल भिड्दै

सोमबार, १३ चैत्र २०७९
विराटनगर । सातौँ संस्करणको विराट गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । आज हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टोली विराटनगर सिटी एफसी र जावलाखेल युथ क्लब भिड्ने छन् । खेल शहिद रंगशालमा सोमबार साँझ ६ः४५ बजेबाट सुरु हुने छ । विभागीय नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै घरेलु टिम विराटनगर सेमिफाइनलमा प्रवेश गरेको थियो भने जावालाखेलले आर्मीलाई सडनडेथमा ६–५ गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सशस्त्र प्रहरी एपीएफ क्लब र भारतको लुका सकरबीच मंगलबार हुनेछ ।  एपीएफले भुटानको ड्रक लयुल क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षि गरेको हो । एपीएफ विराट गोल्डकपको साविक विजेता हो । लुका सकरले भने हिजो (आइतबार) भएको पहिलो चरणको अन्तिम खेलमा संकटा क्लबलाई सडनडेथमा हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार