स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

मंगलबार, ०८ माघ २०८१
वीरगञ्ज : स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । वीरगञ्जको तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको स्कुल बसको ठक्करले बाराको फेटा गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षका तैयामोदिन मियाँ अन्सारीको मृत्यु भएको हो । बसले साइकलयात्री अन्सारीलाई वीरगञ्ज महानगरस्थित बाइपासमा ठक्कर दिएको थियो । घटनामा गम्भीर घाइते भएका अन्सारीको उपचारको लागि नारायणी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । दुर्घटनामा बस चालक देवा पासवानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार