माोटरसाइकल दुर्घटना हुँदा भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशका चालकको मृत्यु

शुक्रबार, ११ माघ २०८१
जनकपुर : जनकपुरधामस्थित मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशका चालक देवेन्द्र यादव रहेका छन् । यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेशको २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहका अनुसार कार्यालय जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको सिंहले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार