धितोपत्र बजारमा निगरानी कडाइ, भ्रामक सूचना फैलाएको आरोपमा दीपेन्द्र अग्रवाल पुनः पक्राउ

शुक्रबार, ०४ पुस २०८२

काठमाडौँ : सेयर बजारमा अनियमितता नियन्त्रणतर्फ राज्य संयन्त्रले निगरानी कडा बनाएको संकेतस्वरूप सेयर कारोबारी दीपेन्द्र अग्रवाल पुनः पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौँको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा अग्रवाललाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ । यस प्रकरणमा नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइएको हो ।

बोर्डको प्रारम्भिक जाँचबुझ अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबारमा भ्रामक तथा प्रभाव पार्ने सूचना सार्वजनिक गरी सेयरको मूल्य कृत्रिम रूपमा बढाएका थिए । त्यसपछि उच्च मूल्यमा सेयर बिक्री गर्दै करिब ४९ लाख १९ हजार रुपैयाँ अवैध नाफा आर्जन गरेको देखिएको बोर्डको निष्कर्ष छ ।

अग्रवाल यसअघि पनि साउन ५ गते यही प्रकृतिको आरोपमा पक्राउ परेर रिहा भएका थिए ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार