काँग्रेस कोषाध्यक्ष मनोनयनमा अदालतको कारण देखाऊ आदेश

सोमबार, १४ माघ २०८१
इलाम ः उच्च अदालत विराटनगर इलाम इजलासले नेपाली कांग्रेस इलाम जिल्ला समिति कोषाध्यक्षको मनोनयनप्रति कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश किरणकुमार पोख्रेलको इजलासले कांग्रेस जिल्ला समिति र सभापति डम्बर खड्कालाई कोषाध्यक्ष मनोनयनप्रति कारण देखाऊ आदेश जारी गरेको हो । पुस १६ मा सभापति खड्काले कोषाध्यक्षमा होम बस्नेतलाई मनोनयन गरेका थिए । कोषाध्यक्ष मनोनयन गर्दा सभापतिले जिल्ला समितिमा प्रस्ताव नै नगरी विधान विपरीत मनोनयन गरेको भन्दै उच्च अदालतमा ‘उत्प्रेषण परमादेश, जो चाहिने आदेश’ माग गर्दै निवेदन परेको थियो । इलामकै सूर्योदय नगरपालिका–१३ का हेमप्रसाद कट्टेल र सूर्योदय ७ का छत्रबहादुर घलेले कांग्रेस जिल्ला समिति, सभापति खड्का र कोषाध्यक्ष बस्नेतलाई विपक्षी बनाइ निवेदन दर्ता गराएका थिए । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता द्वय जसबहादुर लुंगेली र हिरण्य अधिकारी तथा अधिवक्ता लोकबहादुर तामाङले बहस गरेका थिए । अदालतको आदेशअनुसार कांग्रेस जिल्ला समिति र सभापतिले १५ दिनभित्र आफ्नो जबाफ अदालतमा पठाउनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार