रौतहट : रौतहट प्रहरीले १० रुपैयाँ जरिवाना तोकिएका १० फरार प्रतिवादी पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले १८ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । रौतहट प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले पक्राउ पर्नेहरूमा सबैभन्दा बढी जलसाजीको रहेको बताए ।
उनका अनुसार जलसाजीमा शेख वहिद, नेक महम्मद, मिर अलि हुसन, शेख तैयव, शेख जमिर अख्तर, शेख दमिअख्तर, अख्तर शाहिद, शेख मेराज, इस्लाम अन्सारी र जुमन देवन रहेका छन् ।
जलसाजीमा दसजना प्रतिवादीलाइ पक्राउ गरिएको र उनीहरुलाइ रु १० जरीवाना तोकिएको उनले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादीहरूमध्ये सिकेन्द्र राय यादवलाई बिगो मुद्दामा दुई बर्ष कैद सजाय तोकिएको उनले उल्लेख गरे । पक्राउ परेकाहरूमा नवल किशोर मुखियालाई हातहतियर तथा खरखजानामा आठ महिना ५ दिन कैद सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
रौतहट प्रहरीका अनुसार शेख जकिरलाई लुटपिट गाली बेइज्जती र जगरनाथ राय यादवलाई कीर्ते जलसाजीमा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहातबाट खटिएको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइदिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया