अमेरिकाको वाशिङ्टन डीसीमा यात्रुवाहक विमान र हेलिकप्टर एकआपसमा ठोकिएर दुर्घटना

विहीबार, १७ माघ २०८१
काठमाडौं : अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकासमै हेलिकप्टरसँग ठोकिएको छ। स्थानीय समयअनुसार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा दुर्घटना भएको हो । अमेरिकन एयरलाइन्सको विमान ६४ जना सवार रहेको सीएनएनले जनाएको छ। यस्तै सेनाको हेलिकप्टरमा ३ सैनिक थिए। रेगन एयरपोर्टले एक्समा लेखेको छ, 'हालका लागि सबै उडान रोकिएका छन्।' डीसी फायर एन्ड ईएमएस विभागका अनुसार डीसी हुँदै गइरहेको विमान पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको हो। विभागले एक्समा लेखेको छ, 'फायरबोटले नदीमा विमान खोजिरेहका छन्।' दुर्घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार