गुणस्तरीय पत्रकारिता गर्न आवश्यक : प्रदीप ज्ञवाली

विहीबार, १७ माघ २०८१
काठमाडौँ ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा गुणस्तरीय पत्रकारिता गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार प्रेस चौतारी ललितपुर जिल्ला समिति नेपालको छैटौँ जिल्ला अधिवेशनमा बोल्दै उनले अहिले सूचना प्रविधिको दुरुपयोग भइरहेकाले सत्य तथ्यलाई जोगाउन आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘मिडियालाई सत्य तथ्यको लागि बचाउनुपर्ने छ । प्रेस चौतारीले  मिडियाहरूलाई कसरी बचाउने ठुलो चुनौती छ । सूचना प्रविधिको दुरुपयोग असाध्यै तीव्र रफ्तारमा गइरहेको  छ । सही र गलत सूचनाहरूको बिचमा मिडियाहरू छन् । जानकारीमूलक समाचारलाई जोगाउन आवश्यक छ ।’ साथै उनले अहिलेको  समयमा धेरै  मिडियाहरू भएकाले सङ्ख्याको  हिसाबले मिडिया नजोगिने बताए । उनले सञ्चार माध्यमहरू टिक्नको लागि कतिको गहिराइका साथ समाचार उजागर गर्न सकिन्छ भन्ने विषय ठुलो भएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार